कारोबार


६ महिनामै १ खर्ब ८७ अर्ब नाघ्यो नेपालको वैदेशिक सहायता

६ महिनामै १ खर्ब ८७ अर्ब नाघ्यो नेपालको वैदेशिक सहायता

नेपालखबर
माघ २३, २०७७ शुक्रबार ८:७,

चालू आर्थिक वर्षको ६ महिना अवधिमा नेपालले झण्डै पौने २ खर्बको वैदेशिक सहायता भित्र्याएको छ।

अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत ६ महिनामा १ खर्ब ८७ अर्ब रुपैयाँ वैदेशिक सहायता प्रतिबद्धता पाइसकेको देखिएको छ।

चालू आर्थिक वर्षमा सरकारले ३ खर्ब ६० अर्ब रुपैयाँ वैदेशिक सहायता लिने लक्ष्य राखेको छ।

मन्त्रालयको तथ्याङ्कअनुसार कात्तिक, मंसिर र पुस महिना अर्थात् तीन महिनामा मात्रै अनुदान सहायता १० अर्ब ४४ करोड ६३ लाख ४० हजार र ऋण सहायता ९१ अर्ब ५९ करोड ५० लाख १९ हजार गरी जम्मा १ खर्ब २ अर्ब ४ करोड १३ लाख ६० हजारको अन्तर्राष्ट्रिय सहायता प्रतिबद्धता प्राप्त भएको हो।

आज २०७७÷०७८ को पुस महिनासम्म अनुदान सहायता १८ अर्ब १२ करोड ५२ लाख ५० हजार र ऋण सहायता १ खर्ब ६९ अर्व ३१ करोड १० लाख २० हजार गरी जम्मा १ खर्ब ८७ अर्ब ४३ करोड ६२ लाख ७० हजारको अन्तर्राष्ट्रिय सहायता प्रतिबद्धता प्राप्त भएको छ।

२ खर्ब २५ अर्र्ब आन्तरिक ऋण उठाउने लक्ष्य रहेकोमा पहिलो चौमासिक अवधिमा ५७ अर्ब उठाइएको र दोस्रो चौमासिक अवधिमा ५६ अर्ब आन्तरिक ऋण उठाउने गरी निष्काशन तालिका स्वीकृत गरिएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad