प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले आज (शुक्रबार) दिउँसो नारायणहिटी दरबार अगाडि गर्न लागेको आमसभाका वक्ताहरु चयन गरेको छ।
आजको आमसभालाई प्रधानमन्त्री एव अध्यक्ष केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने बताइएको छ। त्यस्तै आमसभालाई उपप्रधानमन्त्री एवं पार्टी सचिवालय सदस्य ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र स्थायी समिति सदस्य सूर्यनारायण मण्डलले सम्बोधन गर्ने प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
त्यस्तै आमसभाको सभापतित्व केन्द्रीय सदस्य एवं शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, स्वागत मन्तब्य पार्वती रावल र सञ्चालन आनन्द पोखरेलले गर्ने थापाले जानकारी दिए।
प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन नेकपा विभाजित अवस्थामा छ। प्रचण्ड–नेपाल पक्षले यसअघि उपत्यकामा सभा गरिसकेको छ। त्यसको जवाफमा ओली समूहले आज उपत्यकामा शक्ति प्रदर्शन गर्न लागेको हो।
पार्टी केन्द्र, संसदीय दलमा अल्पमतमा परेका ओलीले आफूलाई जनताको समर्थन रहेको देखाउनका लागि सडकमा प्रदर्शन गर्दै आइरहेका छन्।
याे पनि : यसकारण ओलीले रोजे दरबारकै आँगन, बनाइँदैछ ‘टी’ आकारको सभास्थल

प्रतिक्रिया