राजनीति


काठमाडौंमा आज ओली समूहको आमसभा, दर्जनभन्दा बढी स्थानबाट जुलुस निकालिँदै

काठमाडौंमा आज ओली समूहको आमसभा, दर्जनभन्दा बढी स्थानबाट जुलुस निकालिँदै

नेपालखबर
माघ २३, २०७७ शुक्रबार ४:५८,

नेकपाको ओली समूहले आज (माघ २३) काठमाडौंमा आमसभा गर्दै छ।

दिउँसो १२ बजे नारायणहिटी दरबारअगाडि सुरु हुने सभाका लागि उसले हिजैदेखि तीव्र तयारी गरिरहेको छ।

पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सभाअघि राजधानीका दर्जनभन्दा बढी स्थानबाट र्‍याली निकालिनेछ।

उनका अनुसार बागबजार, प्रदर्शनी मार्ग, महेन्द्र शालिक पूर्व, घण्टाघर,  नेपाल वायु सेवा निगमअगाडि, त्रिपुरेश्वर गौशाला, माइतीघर, पुतलीसडक लैनचौर, सोह्रखुट्टे नयाँ रोडलाई र्‍यालीको प्रमुख रुट तोकिएका छन्। यसैगरी काठमाडौँ जिल्ला र महानगरपालिकाअन्तर्गत टेकु, वसन्तपुर, सोह्रखुट्टे, ज्ञानेश्वर र पुरानो बानेश्वरबाट र्‍यालीमा सहभागी हुनेछन्।

हेर्नुहाेस्, सल्लाहकार थापाले जारी गरेकाे सूचना :

olirelly

वक्ता काे काे?

प्रेस सल्लाहकार थापाका अनुसार सभालाई नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नेछन्।

त्यस्तै पार्टी सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र स्थायी समिति सदस्य सूर्यनारायण मण्डलले सम्बोधन गर्ने थापाले जानकारी दिए।

उनका अनुसार आमसभाको अध्यक्षता पार्टीका केन्द्रीय सदस्य एवं शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, स्वागत मन्तव्य पार्वती रावल र सञ्चालन आनन्द पोखरेलले गर्नेछन्। 

याे पनि :  यसकारण ओलीले रोजे दरबारकै आँगन, बनाइँदैछ ‘टी’ आकारको सभास्थल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad