राजनीति


संवैधानिक निकायमा गरिएको नियुक्तिविरुद्ध नागरिक अगुवाद्वारा काठमाडौंमा मार्चपास

संवैधानिक निकायमा गरिएको नियुक्तिविरुद्ध नागरिक अगुवाद्वारा काठमाडौंमा मार्चपास

नेपालखबर
माघ २३, २०७७ शुक्रबार ३:५७,

संवैधानिक निकायहरुमा गरिएको असंवैधानिक नियुक्तिको विरुद्धमा नागरिक अगुवाले आज (शुक्रबार) बिहान काठमाडौंमा मार्चपास गरेका छन्।

नागरिक अभियन्ता स्व. पद्मरत्न तुलाधरको लैनचौरस्थित निवासबाट महाराजगञ्जसम्म मार्चपास गरिएको हो।

नागरिक अभियन्ताले राष्ट्रपति कार्यालयसम्म मार्चपास गर्ने पूर्वयोजना बनाएका थिए। तर, प्रहरीले शितलनिवासतर्फ अघि बढ्न नदिएपछि महाराजगञ्जस्थित पानीपोखरीसम्म मात्र मार्चपास गरिएको हो। मार्चपासपछि कोणसभा गरिएको छ।

मार्चपासमा नागरिक अगुवाहरू खगेन्द्र संग्रौला, नारायण वाग्ले, युग पाठक, कृष्ण खनाल, सञ्जीव उप्रेतीलगायत सहभागी भएका छन्। एक साताअघि नागरिक अगुवाले बालुवाटारमा प्रदर्शन गर्दा प्रहरीले बल प्रयोग गरेको थियो।

संवैधानिक अंगहरुमा असंवैधानिक रुपमा नियुक्त भएकाहरुलाई बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराएको विरोधमा वृहत् नागरिक आन्दोलनले मार्चपास गरेको हो। मार्चपासमा सयौँ सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad