राजनीति


‘केपी ओली चेतना भया, रिङरोडमा सेनाका बख्तरबन्द घुमाउँदैमा कोही डराउनेवाला छैन’

‘केपी ओली चेतना भया, रिङरोडमा सेनाका बख्तरबन्द घुमाउँदैमा कोही डराउनेवाला छैन’

नेपालखबर
माघ २३, २०७७ शुक्रबार ३:२९,

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका एक अध्यक्ष माधवकुमार नेपालले रिङरोड (चक्रपथ) मा सेनाका बख्तरबन्द गाडीमा घुमाउँदैमा कोही नडराउने बताएका छन्।

आज ललितपुरको सानेपास्थित हेरिटेज प्लाजामा आयोजित पत्रकारसँग अन्तरक्रियामा नेता नेपालले केही दिनअघि राति काठमाडौंको चक्रपथमा सेनाका गाडी घुमाइएको घटनालाई संकेत गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्यसरी तर्साउने कोसिस नगर्न चेतावनी दिएका हुन्।

उनले भने, ‘केपी ओली चेतना भया, रिङरोडमा सेनाको कारगेड प्रदर्शन हुँदैमा कोही डराउनेवाला छैन।’

यस्तै नेता नेपालले पार्टीबाट चोटिएर जाने भए जाँदा हुने सुझाव दिए।

ओलीलाई संकेत गर्दै उनले भने, ‘कसैलाई चोइटिएर जाने इच्छा भए गए हुन्छ, बालकोटमै पार्टी बनाएर त्यहीँ बसे हुन्छ।’

याे पनि : 

यही माघ १९ गते चक्रपथमा यसरी घुमाइएकाे थियाे सेनाका बख्तरबन्द गाडी (भिडिओ)

ज्ञानेन्द्रसँग लडेर आएका हौं, सेनाका गाडी देखाएर तर्साउन नखोजः वर्षमान पुन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad