राजनीति


संविधानले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने विशेषाधिकार दिएको छ : गृहमन्त्री थापा

संविधानले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने विशेषाधिकार दिएको छ : गृहमन्त्री थापा

नेपालखबर
माघ २१, २०७७ बुधबार १२:३,

गृहमन्त्री रामबहादुर थापाले राजनीतिक स्थायित्वको निम्ति संसदको विघटन गरिएको बताएका छन्।

बुधबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्षधर अखिल नेपाल ट्रेड युनियन महासंघको सातौँ राष्ट्रिय भेलालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले देशमा राजनीतिक स्थायित्व कायम गर्नका निम्ति संसद विघटन गरिएको बताएका हुन्।

कम्युनिष्ट पार्टीलाई एकताबद्ध गर्न जनतामा जाने निर्णय गरेको पनि उनको भनाइ छ। जनतामा गएर मात्रै राजनीतिक स्थायित्व कायम गर्न सकिने उनले जिकिर गरे।

विघटित संसद अस्थिरता जन्माउने संयन्त्रको रुपमा परिणत भएको उनको भनाइ छ। विघटित संसदले स्थायित्व दिन नसक्ने र त्यसको राजनीतिक औचित्य सिद्धिएका कारण संसदको विघटन गर्नुपर्ने आवश्यकता परेको उनले बताए।

विघटित संसदको पुनस्र्थापनाले समस्याको हल नगर्ने उनको भनाइ छ। पुरानो संसदले राजनीतिक अस्थिरता पैदा गर्ने भएकाले नयाँ संसदको गठनले मात्रै स्थायित्व कायम गर्नसक्ने उनले बताए। संविधानले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने विशेषाधिकार दिएको भन्दै संसद विघटनको कदम संवैधानिक रहेको निष्कर्ष सरकारले निकालेको उनले बताए।

निर्वाचन आयोगले अध्यक्ष र महासचिव रहेको पार्टी नै वैधानिक पार्टी भनिसकेको गृहमन्त्री थापाले बताए। सत्ता पक्ष र प्रतिपक्ष सबै चुनावमा होमिएको भन्दै उनले सर्वोच्च अदालतले पनि निर्वाचनकै पक्षमा फैसला गर्नेमा विश्वस्त रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad