राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध ‘अमर्यादित’ अभिव्यक्ति दिएको भन्दै आलोचना खेपिरहेकी नेकपा (प्रचण्ड–नेपाल) नेतृ रामकुमारी झाँक्रीले आफूले वास्तविकता जिम्मेवारीसाथ भनेको जिकिर गरेकी छन्।
उनले सन्दर्भ नखुलाईकन भनेकी छन्, ‘दुनियाँ यही समयको पर्खाइमा थियो, मैले नै वास्तविकता भनिदिउँ, भनें, जिम्मेवारीसाथ भनेको छु।’
बुधबार सामाजिक सञ्जालमार्फत उनले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी मिलेर संविधानलाई कागजको खोस्टो बनाएको आरोप लगाएकी हुन्।
‘पुष्टि गर्न नै के पो बाँकी रह्यो र अब? दुई जना मिलेर संविधानलाई कागजको खोस्टो बनाए,’ नेतृ झाँक्रीले लेखेकी छन्, ‘हाम्रो संघर्ष र प्राप्त उपलब्धि के नै बाँकी रहने भयो र?’

याे पनि :
रामकुमारी झाँक्रीलाई पक्राउ गरी कारबाही गर्न गृहमन्त्रीलाई ज्ञापन पत्र
रामकुमारी झाँक्रीलाई राष्ट्रपतिकी छोरी उषाकिरण भण्डारीको भावुक पत्र (पढ्नुहोस्)
Shares

प्रतिक्रिया