सूची र मिन्टमाथि देशको कानुन उल्लंघन गरेको आरोप लागेको सीजीटीएनले जनाएको छ।
सूचीले देशको आयात र निर्यात कानूनको उल्लंघन गरेको त्यहाँको एक अदालतले आरोप लगाएको सुचीको पार्टी नेसनल लिग फर डेमोक्रेसीका प्रवक्ताले पुष्टि गरेका छन्।
यसैबीच राष्ट्रपति मिन्टमाथि प्राकृतिक प्रकोप व्यवस्थापन कानून उल्लंघन गरेको आरोप लागेको छ। मिन्टले कानून उल्लंघन गरेको भन्दै म्यानमारको प्रहरीले उनीविरुद्ध जाहेरी दिएका छन्।
आइतबार राति मात्र सुची र मिन्टसहित शीर्ष नेताहरुलाई नियन्त्रणमा लिएर त्यहाँको सेनाले सत्ता हातमा लिएको छ। त्यहाँ एकवर्ष सम्म संकटकाल घोषणा गरिएको छ। सीजीटीएन
याे पनि: यी हुन् म्यानमारको सत्ता कब्जा गर्ने शक्तिशाली सेनापति
रोहिन्ज्या मुसलमान भन्छन्ः सुची गिरफ्तार हुँदा दुःख लागेको छैन

प्रतिक्रिया