अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा. गणेशराज जोशीले पदबाट राजीनामा दिएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आयुक्त जोशीले बुधबार राजीनामा दिएका हुन्।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले आजैदेखि लागू हुने गरी नेपालको संविधानको धारा २३८ को उपधारा ४ को खण्ड कबमोजिम राजीनामा दिएकाे बताए।
आजैमात्र अख्तियार प्रमुख आयुक्तमा प्रेमकुमार राईले शपथग्रहण गरेका थिए।
जोशीले यसअघि नविन घिमिरेकाे अवकाशसँगै आयोगमा कार्यवाहक प्रमुख आयुक्तको जिम्मेवारी सम्हाल्दै आएका थिए।
विवादका बीच प्रमुख आयुक्त र दुई आयुक्त नियुक्त भएकै दिन जोशीले राजीनामा दिएका हुन्।
बुधबार बिहान मात्र राष्ट्रपति विद्यादेवी भण्डारीले प्रेमकुमार राईलाई अख्तियारको प्रमुख आयुक्त तथा किशोरकुमार सिलवाल र जयबहादुर चन्दलाई आयुक्त नियुक्त गरेकी थिइन्।

प्रतिक्रिया