ad ad

राजनीति


जसपा नेता शिवजी यादव नेकपा ओली समूहमा प्रवेश

जसपा नेता शिवजी यादव नेकपा ओली समूहमा प्रवेश

नेपालखबर
माघ २१, २०७७ बुधबार ५:४३,

जनता समाजवादी पार्टी नेपाल (जसपा)का केन्द्रीय सदस्य तथा पूर्व सांसद डा. शिवजी यादव प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामा प्रवेश गरेका छन्।

मंगलबार राति प्रधानमन्त्री ओलीले नेता यादवलाई खादा ओढाएर पार्टी प्रवेश गराएका हुन्।

महोत्तरीका यादव फोरमका प्रभावशाली नेता मानिन्छन्। उनी तत्कालीन फोरम नेपालका प्रमुख सचेतकसमेत रहेका थिए।

पार्टी प्रवेश कार्यक्रममा उप प्रधानमन्त्री ईश्वर पोखरेल, नेता महेश बस्नेत लगायत उपस्थित थिए।

डा. यादवले प्रधानमन्त्री ओली दूरदर्शी नेता भएको र चुनावमा जाने निर्णय सही भएका कारण आफू नेकपामा प्रवेश गरेको  बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .