ad ad

राजनीति


अन्ततः संवैधानिक आयोगको पदाधिकारीमा सिफारिस पाएकाहरूले लिए शपथ

अन्ततः संवैधानिक आयोगको पदाधिकारीमा सिफारिस पाएकाहरूले लिए शपथ

नेपालखबर
माघ २१, २०७७ बुधबार ४:५१,

विवादका बीच संवैधानिक परिषदबाट सिफारिस विभिन्न संवैधानिक आयोगका पदाधिकारीले अन्ततः आज (बुधबार) बिहान शपथ ग्रहण गरेका छन्।

याे पनि : संवैधानिक आयोगमा सिफारिस भएकाको स्वतः नियुक्ति रोक्न सर्वोच्च अदालतमा रिट दायर

गत मंसिर ३० गते बसेको संवैधानिक परिषद्को बैठकबाट नियुक्ति पाएका पदाधिकारीलाई राष्ट्रपतिको कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा शपथ खुवाइएकाे हो।

राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार विभिन्न संवैधानिक निकायमा सिफारिस भएका ४५ जनामध्ये आज ३८ पदाधिकारीले शपथ ग्रहण गरेका हुन्। विभिन्न ५ आयोगमा अध्यक्ष सिफारिस भएकाहरूलाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले तथा सदस्यहरूलाई सम्बन्धित आयोगका अध्यक्षले शपथ खुवाएका हुन्।

यसअघिकाे खबरमा विस्तृत : संवैधानिक आयोगमा सिफारिस ४५ जनालाई शीतल निवासमा शपथ खुवाइँदै

याे पनि : संसद विघटन र संवैधानिक निकायमा नियुक्तिविरुद्ध डा. केसीद्वारा सत्याग्रह घोषणा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .