राजनीति


प्रचण्डविरुद्धको अवहेलना मुद्दा पनि न्यायाधीश शर्माकै इजलासमा

प्रचण्डविरुद्धको अवहेलना मुद्दा पनि न्यायाधीश शर्माकै इजलासमा

नेपालखबर
माघ २०, २०७७ मंगलबार ४:३६,

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्धको अवहेलना मुद्दामा आज सुनुवाइ हुने भएको छ।

सर्वोच्च अदालतमा दर्ता गरिएको अवहेलना मुद्दा न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासमा सुनुवाइ हुने भएको हो।

सोमबार प्रचण्डविरुद्ध समिर हायूले अदालतको अवहेलना मुद्दा दर्ता गरेका थिए।

यसअघि प्रधानमन्त्री केपी ओलीसहित पूर्वसभामुख दमननाथ ढुंगाना, पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की विरुद्धको रिट निवेदनको सुनुवाइ पनि शर्माकै इजलासमा भएको थियो।

माघ १५ गते उनीहरु सबैसँग अदालतले लिखित जवाफ माग गरेको छ।

संसद विघटनविरुद्ध सर्वोच्चमा सुनुवाइ भइरहेका बेला प्रचण्डले दिएको अभिव्यक्तिले अदालतको अवहेलना गरेको हायूको रिट निवेदनमा उल्लेख छ।

प्रचण्डले विभिन्न सार्वजनिक कार्यक्रममा संसद विघटनविरुद्ध अभिव्यक्ति दिँदै आएका छन्।

यो पनिः

प्रचण्डविरुद्ध पनि अदालतको अवहेलना मुद्दा

अवहेलना मुद्दा परेका प्रधानमन्त्रीसहित सबैलाई लिखित जवाफ पेस गर्न सर्वोच्चको आदेश

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad