समाज


सवारी चालकको निःशुल्क आँखा र कान परीक्षण

सवारी चालकको निःशुल्क आँखा र कान परीक्षण

नेपालखबर
माघ २०, २०७७ मंगलबार ४:२०,

सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले झापामा सवारी चालकको निःशुल्क आँखा परीक्षण सुरु गरिएको छ।

विर्तामोड नगरपालिकास्थित हनुमान कम्प्लेक्स अगाडि इलाका प्रहरी कार्यालय अनारमनी, जिल्ला ट्राफिक प्रहरी कार्यालय, नेपाल रेडक्रस सोसाइटी र दृष्टि आँखा अस्पताल विर्तामोडको संयुक्त आयोजनामा चालकको आँखा परीक्षण सुरु गरिएको हो। सोमबार ८६ जना चालकको आँखा परीक्षण गरिएको छ। त्यसक्रममा ३५ जनाले रगतदानसमेत गरेका छन्।

जिल्लामा पछिल्लो समय सवारी दुर्घटना बढेका कारण प्रहरीले समुदायसँग मिलेर दुर्घटना न्यूनीकरणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराईले चालकको आँखामा समस्या हुँदा र कान नसुन्दा पनि सडक दुर्घटना बढेको पाइएकाले उनीहरुलाई लक्षित गरेर आँखा परीक्षण शिविर सञ्चालन गरिएको बताए।

कान नसुन्ने र आँखामा समस्या भएका चालकलाई सवारी नचलाउन र थप उपचारका लागि चिकित्सकले सल्लाह र सुझावसमेत दिएका छन। कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय व्यवसायीले रगतदान गरेका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad