नेकपा पार्टी विभाजन भएको र त्यसको आधिकारिक पक्ष आफू भएको दाबी गर्न प्रचण्ड–नेपाल समूह आज (मंगलबार) निर्वाचन आयोग जाँदै छ।
बहुमत केन्द्रीय सदस्य आफूहरूसँग रहेको हुँदा पार्टीको नाम, झन्डा र सूर्य चुनाव चिह्न आफूले पाउनुपर्ने दाबी गर्दै नेकपा आयोगमा जाने भएको हो।
आधिकारिक दल रहेको दाबी पेस गर्न बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर बुझाइने नेता राजेन्द्र पाण्डेले जानकारी दिए।
‘हामी नेकपाको आधिकारिक रहेको दाबी पेस गर्न निर्वाचन आयोग जाँदै छौं, आधा घण्टामा पुग्छौं,’ नेपालखबरसँग उनले भने।
विस्तृत विवरण : नयाँ दफाअनुसार नाम र सूर्य चिह्न दाबी गर्ने

प्रतिक्रिया