प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन्।
बुधबार बिहान ११ बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाको सचिवालयले जनाएको छ।
बौठकका लागि सोमबार साँझ पत्र आएको सचिवालयले जानकारी दियो।
‘भोलि बेलुकी ५ बजे संवैधानिक परिषद्को बैठक बोलाएको पत्र आएको छ,’ सचिवालयका एक सदस्यले नेपालखबरसँग भने।
बैठकमा संवैधानिक निकायमा नियुक्ति सिफारिस सम्बन्धमा छलफल हुने बताइएको छ।
यसअघिको बैठकबाट संवैधानिक अंगहरुमा गरिएका नियुक्ति सिफारिस सभामुख अग्नि सापकोटाले फिर्ता गरेका बेला बैठक बोलाइएको हो।
याे पनि :
सुनुवाइका लागि संसदमा पठाइएका सक्कलै कागजात सभामुखद्वारा फिर्ता, दिए आठ कारण (पत्रसहित)
सभामुखले सुनुवाइसम्बन्धी पत्र फिर्ता पठाएकोमा राष्ट्रिय सभा अध्यक्षको आपत्ति (वक्तव्यको पूर्णपाठ)

प्रतिक्रिया