राजनीति


विद्यार्थी र शिक्षकलाई खोप लगाउन आग्रह

विद्यार्थी र शिक्षकलाई खोप लगाउन आग्रह

नेपालखबर
माघ १८, २०७७ आइतबार १२:३४,

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले सबै विद्यालयका विद्यार्थी, शिक्षक र कर्मचारीका लागि प्राथमिकताका साथ दोस्रो चरणमा खोप कार्यक्रमको प्रबन्ध गर्न आग्रह गरेको छ।

महासंघका अध्यक्ष कृष्ण थापा र महासचिव गुणराज मोक्तानले आइतबार जारी गरेको विज्ञप्तिमा लामो समयदेखि बन्द रहेका विद्यालय पुनः सञ्चालन हुन लागेकाले सम्पूर्ण विद्यार्थी, शिक्षक र कर्मचारीलाई खोपको कार्यक्रम मिलाउन आग्रह गरिएको हो।

सो क्रममा महासंघले विद्यालय तहमा आवश्यक सहजीकरण गर्ने पनि जनाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad