उनी भियतनाम कम्युनिष्ट पार्टीको लगातार तेस्रो पटक महासचिव भएका हुन्।
भियतनाम समाचार एजेन्सीका अनुसार पार्टीको बैठक गत जनवरी २५ देखि शुरु भएको थियो। यस बैठकले पार्टीका पोलिटब्युरो, सचिवालय, अनुगमन आयोग र अनुगमन आयोगका प्रमुखको समेत चयन गरेको छ।
भियतनाम कम्युनिष्ट पार्टीको नेसनल कङ्ग्रेसमा ५१ लाख पार्टी सदस्यको प्रतिनिधित्व गर्दै एक हजार ५८७ प्रतिनिधिले भाग लिएका छन्।
ट्रोङ हाल भियतनामको राष्ट्रपति समेत रहनुका साथै पोलिटब्युरोको अध्यक्ष समेत हुन्। रासस/सिन्ह्वा

प्रतिक्रिया