राजनीति


अमेरिकाले चेतावनी दिँदै भन्यो : चीनले दक्षिण चीन सागरमा सेना परिचालन गरेर तर्साउन खोजिरहेको छ

अमेरिकाले चेतावनी दिँदै भन्यो : चीनले दक्षिण चीन सागरमा सेना परिचालन गरेर तर्साउन खोजिरहेको छ

नेपालखबर
माघ १८, २०७७ आइतबार ०:१,

विवादित क्षेत्र दक्षिण चीन सागरमा सैन्य गतिविधि गरेर चीनले अस्थिरता निम्त्याउन खोजेको आरोप अमेरिकाले लगाएको छ।

अमेरिकाले भनेको छ : चीनले सेना परिचालन गरेर अन्तर्राष्ट्रिय जल तथा वायु क्षेत्रमा काम गर्नेहरूलाई तर्साउन वा धम्क्याउन खोजेको छ।

अमेरिकाको हिन्द प्रशान्त कमान्ड (इन्डोपकम) ले दक्षिण चीन सागरमा पछिल्लो एक हप्तायता चिनियाँ सैन्य उडान क्षेत्रमा अमेरिकी नौसेना विमानवाहक स्ट्राइक समूहविरुद्ध  चीनले खतरा पैदा गरिरहेको आरोप लगाएको छ।

इन्डोपकामका प्रवक्ता अमेरिकी नौसेनाका कप्तान माइक काफ्काले थिओडोर रुजवेल्ट क्यारियर स्ट्राइक ग्रुपले पिपुल्स लिवरेसन आर्मी नेभी (पीएलएएन) र वायुसेना (पीएलएएएफ) का गतिविधि नजिकबाट नियालिरहेको बताएका छन्।

बढ्दो चिनियाँ गतिविधिलाई उनले आक्रामक एवं अस्थिरता निम्त्याउने कारबाहीको नवीन उदाहरणको संज्ञा दिएका छन्।

भनिन्छ- चीनले चीन दक्षिण सागरलाई आफ्नो दाबी गर्छ। यसैकारण उसले कृत्रिम द्वीपमा सैन्य अखडा स्थापना गरेको छ। यस्तै चीन दक्षिण सागरलाई ब्रुनाई, मलेसिया, फिलिपिन्स, ताइवान र भियतनामले पनि आफ्नो क्षेत्र दाबी गर्छन्।

अमेरिकाको अपरेसन जारी रहने
अमेरिकी हिन्द प्रशान्त कमान्डकी प्रवक्ता माइक काफ्काले चीनलाई चेतावनी दिँदै भनेका छन्, ‘अमेरिकाले यस्ता कुनै पनि क्षेत्रमा आफ्नो अपरेसन जारी राख्नेछ, जहाँ अन्तर्राष्ट्रिय कानुनअनुसार अनुमति छ।’

उनका अनुसार अमेरिकाको पूरै हिन्द प्रशान्त क्षेत्रमा अमेरिकी सैनिक उपस्थित छन् र तिनले सयौं वर्षदेखि दक्षिण चीन सागर र पूर्वी चीन सागर आसपासका जल तथा वायु क्षेत्रको प्रयोग गरिरहेका छन्।

मित्र राष्ट्रको रक्षा गर्नेछौं : अमेरिका
दक्षिण चीन सागरमा अमेरिका र चीनका नौसेनाका युद्ध जहाज पछिल्लो ६ महिनामा दोस्रोपटक आमनेसामने भएका छन्। चीनको यो कदमबाट अमेरिका सतर्क भएको छ।

अमेरिकाले भनेको छ, ‘यस क्षेत्रमा रहेका मित्र राष्ट्रको रक्षा गर्नु हाम्रो कर्तव्य हो। ताइवानविरुद्ध चीनले जे गरिरहेको छ, त्यसमा हामीले गम्भीर ढंगले ध्यान दिइरहेका छौं र ताइवानको सुरक्षाका लागि प्रतिबद्ध छौं।’ एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad