राजनीति


गृहमन्त्री थापासहित ५ मन्त्री लिएर प्रधानमन्त्री चितवन जाँदै, प्रचण्डको निर्वाचन क्षेत्रमा ओली समूहको आमसभा

गृहमन्त्री थापासहित ५ मन्त्री लिएर प्रधानमन्त्री चितवन जाँदै, प्रचण्डको निर्वाचन क्षेत्रमा ओली समूहको आमसभा

नेपालखबर
माघ १७, २०७७ शनिबार ७:११,

प्रधानमन्त्री केपी शर्मा ओली चार मन्त्री र एक राज्यमन्त्रीसहित शनिबार चितवन आउँदै छन्।

प्रधानमन्त्री ओली बहुउद्देश्यीय सिटी हल निर्माण र महेन्द्रराजमार्गको पुल्चोक– गोन्द्राङ सडकलाई ६ लेनको फराकिलो बनाउने कामको शिलान्यास गर्नका लागि चितवन आउन लागेका हुन्।

प्रधानमन्त्रीका साथमा चार चार विभागीय मन्त्री र एक राज्यमन्त्रीसहित चितवन आउन लागेका हुन्।

प्रधानमन्त्रीका साथमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, भौतिक योजना पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङ, शहरी विकास मन्त्री प्रभु शाह, राज्यमन्त्री रामवीर मानन्धर पनि आएको नेकपा ओली समूहका एक नेताले जानकारी दिए।

‘गृहमन्त्री चितवनका लागि उडिसक्नु भयो, प्रधानमन्त्री उड्ने तयारीमा हुनुहुन्छ’, नेकपा चितवनकी नेत्री पार्वती रावलले नेपालखबरसँग भनिन्, ‘हामी एयरपोर्टामा उहाँहरुको प्रतीक्षामा छौँ।’

प्रधानमनत्री ओली सिटी हल निर्माण र महेन्द्र राजमार्गको पुलचोक–गोन्द्राङ सडकलाई ६ लेनको फराकिलो बनाउने कामको शिलान्यासपछि आफ्नो समूहले केन्द्रीय बसपार्कमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको ती नेताले बताए। उक्त क्षेत्र प्रचण्डको निर्वाचन क्षेत्र हो।

यता भरतपुर महानगरपालिका र नेकपा प्रचण्ड–नेपाल समूहले भने प्रधानमन्त्रीको शिलान्यास कार्यक्रमप्रति आपत्ति जनाएको छ।

महानगरकी प्रमुख रेणु दाहालले संघीयताको मर्मविपरीत केन्द्रकृत शासनको झल्को दिनेगरी स्थानीय सरकारको अधिकारमाथि हस्तक्षेप भएको बताएकी छन्।

मेयर दाहलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘भरतपुर महानगरपालिकालाई निषेध गरेर संघीयताको मूल मर्मविपरीत केन्द्रीकृत शासनको झल्को दिने गरेर संघीय सरकारले गम्भीर विभेद गरेको छ। स्थानीय सरकारको अधिकारमाथि ठाडो हस्तक्षेप भएको छ।’ उनले महानगरले उक्त कार्यक्रमको बष्हिकार गर्ने जानकारी दिइन्।

प्रधानमन्त्री ओलीको कार्यक्रमको विरोधमा प्रचण्ड–नेपाल समूहले भरतपुरका मुख्य सडकमा टायर बालेर विरोध प्रदर्शन गरेका छन्।

भरतपुरको मुख्य चोकहरुमा टायर बालेको र नारायणगढको मुख्य बजारको सडकमा १० हजार पर्चा छरेको अनेरास्ववियूका केन्द्रीय सदस्य सुरज सिंह ठकुरीले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad