राजनीति


धनगढीमा आज प्रचण्ड-नेपाल समूहको विरोधसभा, ५० हजार नागरिक सडकमा उतार्ने तयारी

धनगढीमा आज प्रचण्ड-नेपाल समूहको विरोधसभा, ५० हजार नागरिक सडकमा उतार्ने तयारी

गोकुल जोशी
माघ १७, २०७७ शनिबार २:१,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहले आज (शनिबार) सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा विशाल विरोध सभा गर्दैछ।

प्रतिनिधि सभा विघटन विरुद्ध नेकपाको सुदूरपश्चिम प्रदेश कमिटीले धनगढीमा विशाल विरोध सभा गर्न लागेको हो। विरोध सभालाई सम्बोधन गर्न अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल शनिबार बिहान धनगढी आउदै छन्।

धनगढीस्थित पुरानो एयरपोर्ट मैदानमा दिउँसो १ बजे हुने विरोध सभाको तयारी पुरा भएको नेकपा प्रचण्ड–नेपाल समूह सुदूरपश्चिमका नेता तारालामा तामाङले जानकारी दिए। लामाका अनुसार धनगढीको दुई ठाउँबाट -याली निकालिने छ। ती -याली कार्यक्रमस्थलमा गएर टुङगिने छ । ‘एउटा -याली धनगढी चौराहबाट निस्किन्छ । अर्को केएमसी कलेजबाट। दुवै कार्यक्रमस्थलमा गर टुङगिने छन्,’ नेता तामाङले भने, ‘सभामा ५० हजार मानिस सहभागी हुने अनुमान गरेका छौँ।’

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेसँगै नेकपाको प्रचण्ड नेपाल समूह, प्रमुख प्रतिपक्ष नेपाली कांगेस र जनता समाजवादी पार्टी आन्दोलनमा छन्।

नेकपाको प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा तेस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ। सो समूले यसअघि काठमाडौँ, बुटबल, विराटनगर लगायतका ठाउँमा विरोध सभाको आयोजना गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad