राजनीति


भारत–पाकिस्तान सैन्य टकाराव विश्वकै लागि खतरा : संयुक्त राष्ट्र संघ

भारत–पाकिस्तान सैन्य टकाराव विश्वकै लागि खतरा : संयुक्त राष्ट्र संघ

नेपालखबर
माघ १६, २०७७ शुक्रबार २३:४८,

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले भारत र पाकिस्तानबीचको विवाद बेलैमा समाधान नगरिए त्यसले विश्वमै गम्भीर असर पर्ने चेतावनी दिएका छन्।

महासचिव गुटरेसले सीमामा उनीहरूबीच जारी सैन्य टकारावले दुई देशलाई मात्र नभएर सिंगो विश्वलाई नै प्रभाव पार्ने बताएका हुन्।

उनले भने, ‘नियन्त्रण रेखा (दुई देशको सीमा) मा जुन हिंसा हुने परिस्थिति तीव्र गतिमा विकास भइरहेको छ, त्यसलाई न्यूनीकरण गर्न एकदमै जरुरी छ।’

महासचिव गुटरेसले कस्मिरका विषयमा भारत–पाकिस्तानबीच जारी तनावबारे पाकिस्तानी पत्रकारले गरेका प्रश्नका जवाफ दिइरहेका थिए। यसअघि गुटरेसले जम्मु–कस्मिरको अवस्था नियन्त्रणका लागि संयमता अपनाउन अपिल गर्दै विज्ञप्ति जारी गरेका थिए।

उनले भने, ‘मलाई लाग्छ, दुई देश सहमतिमा आउन र उनीहरूका समस्याबारे गम्भीर रूपमा छलफल गर्न आवश्यक छ। जसले गर्दा सबै क्षेत्रमा मानव अधिकारको सम्मान हुन सकोस्। भारत र पाकिस्तानबीच देखिएको सैन्य टकरावले यस क्षेत्रका साथसाथै पूरै विश्वका लागि संकट बन्छ।’ एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad