राजनीति


ऊर्जामन्त्री रायमाझीको दाबी : मेरै कारण लोडसेडिङ अन्त्य भएको हो

ऊर्जामन्त्री रायमाझीको दाबी : मेरै कारण लोडसेडिङ अन्त्य भएको हो

नेपालखबर
माघ १६, २०७७ शुक्रबार २३:१४,

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओलीले दीर्घकालीन योजनाका साथ विकास र समृद्धिको कार्यलाई अघि बढाइरहको बताएका छन्।

उनले विगतमा निकै राम्रा काम भएकाले प्रतिपक्षले विरोध नगरी बसे पनि पार्टीभित्रकै केही नेता सरकारलाई असफल बनाउन योजनाबद्धरूपमा लागेको आरोप लगाए।

काठमाडौँ सम्पर्क मञ्चले शुक्रबा अर्घाखाँचीमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले राष्ट्रियताको रक्षा, विकास र समृद्धिको लागि प्रधानमन्त्री ओलीले खेलेको भूमिकाका कारण उनकाे छवि बढेर गएको दाबी गरे। 

‘ओली हटाउने हस्ताक्षर क्याम्पेनको सबैभन्दा पहिले विरोध गर्ने व्यक्ति मै हुँ,’ उनले भने, ‘आफ्नै पार्टी भित्रैबाट प्रधानमन्त्रीलाई कामै गर्न नदिई असफल बनाउन खोज्नुलेनै दुर्भाग्यपूर्ण अवस्था सिर्जना भयो।’

मन्त्री रायमाझीले प्रधानमन्त्री ओलीले नेतृत्व गरेको पार्टी अबको निर्वाचनमा पहिलो शक्तिका रूपमा स्थापित हुने भन्दै निर्वाचनको तयारीमा जुट्न नेता कार्यकर्तालाई निर्देशनसमेत दिए।

उनले आफू अघिल्लोपटक ऊर्जा मन्त्री हुँदा बनेको ९९ बुँदे कार्ययोजनाका कारण लोडसेडिङ अन्त्य सम्भव भएको दाबी गर्दै मन्त्रालयले अघि सारेका नयाँ योजना छिट्टै सार्वजनिक गर्ने बताए।

सांसद चन्द्रबहादुर खडकाले प्रचण्ड-माधव नेपालका कारण देशमा अस्थिरता सिर्जना भएको आराेप लगाए।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad