तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभमा ट्रम्पलाई महाभियोग लगाउने प्रस्ताव पारित भइसकेको छ। सिनेटमा पनि उक्त प्रयास पारित भए ट्रम्पलाई महाभियोग लाग्नेछ।
त्यसो भएमा ट्रम्पले सन् २०२४ मा हुने राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बन्न नपाउने अमेरिकी संचारमाध्यमले जनाएका छन्।
तर ट्रम्पविरुद्धको महाभियोग सिनेटमा पारित नहुने संकेत देखिएको छ। सिनेटमा डेमोक्रेटिकका ४८ र रिपब्लिकनमा ५० सिनेटर छन्।
दुई तिहाई मतले मात्र सिनेटमा महाभियोग प्रस्ताव पारित हुन्छ। यसको अर्थ डेमोक्रेटिक पार्टीलाई १७ रिपब्लिकन सिनेटरले यस कार्यमा सहयोग पुर्याउनुपर्छ।
हालै अमेरिकी सिनेटका कयौँ रिपब्लिकनहरूले डोनल्ड ट्रम्पमाथिको महाभियोग सुनुवाइ रोक्ने प्रयासस्वरूप एउटा मतदान गरेका छन्।
पचास जना रिपब्लिकन सांसदहरूमध्ये पाँच जनाले मात्र ट्रम्पको महाभियोग अगाडि बढाउने पक्षमा मतदान गरेको र ४५ ले त्यसलाई रोक्नुपर्ने धारणा राखेको सीएनएनले जनाएको छ।
ट्रम्पमाथिको महाभियोग पारित हुन नसक्ने यो एउटा स्पष्ट सङ्केत भएको बताइएको छ।

प्रतिक्रिया