इटलीका प्रधानमन्त्री जुसेप कोन्टेले पदबाट राजीनामा दिएका छन्। राष्ट्रपति सर्जियो मातारेलालाई भेटेर उनले सरकार प्रमुखबाट राजीनामा दिएका हुन्।
राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा प्रधानमन्त्रीले राजीनामाका लागि गरेको आग्रहलाई राष्ट्रपतिले स्वीकृत गरेको उल्लेख छ। ‘गणतन्त्र इटलीका राष्ट्रपतिसँग रहेको अधिकार प्रयोग गर्दै प्रधानमन्त्रीले पदबाट दिएको राजिनामा स्वीकृत गर्नुभएको छ’, राष्ट्रपतिको कार्यालयद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ।
यसअघि इटलीका पूर्व प्रधानमन्त्री मेट्टेओ रेन्जीले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका थिए। संसदमा बहुमत पुष्टि गर्न नसक्ने देखेपछि प्रत्रानमन्त्री कोन्टेले राजीनामा दिएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।।
प्रधानमन्त्रीको राजीनामासँगै राष्ट्रपति मातारेलाले छिट्टै नयाँ सरकार गठनका लागि इटलीका राजनीतिक दललाई आग्रह गर्नेछन्। वर्तमान् सरकारलाई सन् २०२३ को मार्चसम्म काम गर्ने जिम्मेवारीसहित सन् २०१८ मा पाँच वर्षका लागि कोन्टे इटलीको प्रधानमन्त्री बनेका थिए। एजेन्सी

प्रतिक्रिया