काठमाडौंस्थित भारतीय दूतावासले आज मंगलबार भारतको ७२औं गणतन्त्र दिवस मनाएको छ।
भारतले जनवरी २६ तारिखका दिन आफ्नो सो दिवस मनाउने गर्छ।
सो अवसरमा नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले लैनचौरस्थित दूतावासमा आयोजित सो कार्यक्रममा झण्डोत्तोलन गरेर भारतका राष्ट्रपतिको सन्देश पढेर सुनाएका थिए।
सो अवसरमा वीर नारी, मृतक सैनिकका श्रीमती र मृतक सैनिकका निकटतम नातेदारलाई ३ करोड ६८ लाख रुपैयाँ नगद तथा कम्मल वितरण गरी सम्मान गरिएको दूतावासले जनाएको छ।

राजदूतावासले नेपालका ५० पुस्तकालय तथा शैक्षिक संस्थाहरुलाई पुस्तक पनि उपहारस्वरुप प्रदान गरेको थियो।
सोहि अवसरमा राजदूतले लैनचौरमै रहेको इंडिया हाउसमा स्वागत समारोहको आयोजना गरेका थिए।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सो समारोहको मुख्य अतिथिका रुपमा उपस्थित थिए भने पूर्वराष्ट्रपति रामवरण यादवले इन्डिया–नेपाल एलुमनाई नेटवर्क सम्पर्क र सोको वेबसाइटको शुभारम्भ गरेका थिए।
समारोहमा भारतमा अध्ययन गरेका नेपालका शीर्ष नेता, अधिकारी, पत्रकार तथा चर्चित व्यक्तित्वहरुको उपस्थिति रहेको दूतावासले जनाएको छ।

Shares

प्रतिक्रिया