हङकङमा कारको ठक्करबाट ९० वर्षकी वृद्धाको मृत्यु, चालक फरार

हङकङमा कारको ठक्करबाट ९० वर्षकी वृद्धाको मृत्यु, चालक फरार

नेपालखबर
माघ १३, २०७७ मंगलबार १२:४७,

सोमबार बिहान साढे ७ बजे सान साउ स्ट्रिटमा ती वृद्धा अचेत अवस्थामा भेटिएकी थिइन्।

प्रहरीले घटनास्थलमै ती वृद्धाको मृत्यु भएको जानकारी दिएको थियो।

ती वृद्धा अचेत भेटिएको छेउमै एउटा कार फेला परेको थियो। साउथ चाइना मर्निङ पोस्टका अनुसार उक्त कारमा रगत तलपतिएको थियो।

सोही कारले वृद्धालाई ठक्कर दिएको बताइएको छ। हाल फरार चालकको खोजी भइरहेको छ।

यसै महिनाको ५ र ७ तारिखमा पनि हङकङमा सवारी दुर्घटना भएको थियो। दुवै दुर्घटनामा वृद्धा महिलाको मृत्यु भएको थियो।

जनवरी ५ मा ८२ वर्षकी वृद्धालाई बसले ठक्कर दिँदा उनको मृत्यु भएको थियो भने जनवरी ७ मा एक ट्रकले ८५ वर्षकी वृद्धालाई ठक्कर दिँदा उनको पनि मृत्यु भएको थियो।

सन् २०२० मा हङकङमा ८८ वटा सडक दुर्घटनामा परेर ८९ जनाको मृत्यु भएको थियो। सन् २०१९ मा त्यहाँ १०७ सडक दुर्घटनामा परेर ११३ जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .