नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शन्तिपूर्ण नागरिक आन्दोलनमा भएको प्रहरी दमन निन्दनीय भएको बताएका छन्।
सिंहले सोमबार बालुवाटारमा नागरिक आन्दोलन अगुवामाथि भएको प्रहरी दमनले प्रधानमन्त्री तानाशाही र अधिनायकवादी चरित्र उदांगिएको बताए।
उनले लोकतन्त्रमा सबै नागरिकले राख्न पाउने भन्दै उनले सरकारले फरक मत पनि सुन्न सक्नुपर्ने बताए।
‘असंवैधानिक कदमविरूद्ध हिजो बालुवाटारमा शान्तिपूर्ण विरोध कार्यक्रम गर्नेहरुमाथि भएको प्रहरी दमन निन्दनीय छ’, सिंहले मंगलबार फेसबुकमा लेखेका छन्, ‘नागरिक आन्दोलनको आवाज दबाउन गरिएको हस्तक्षेपले केपी ओेली नेतृत्वको वर्तमान सरकारको तानाशाही र अधिनायकवादी चरित्र उदांगिएको छ। लोकतन्त्रमा सबैले आफ्ना मतहरू राख्न पाउँछन्। सरकारले फरक मतलाई सुन्न सक्ने चरित्रको विकास गरोस्।’
नेता सिंहले निहत्था नागरिकमाथि दमन गरेर असंवैधानिक कदमको ढाकछोप गर्ने कुचेष्टाविरूद्ध सबै नागरिकलाई एकताबद्ध हुन र संविधान रक्षाको पक्षमा उभिन पनि आग्रह गरेका छन्।
यो पनि:
- नागरिक आन्दोलनः कैयौं अभियन्ता घाइते, १२ जनाको बिभिन्न अस्पतालमा उपचार जारी
- नागरिक अभियन्तामाथि बालुवाटारमा बर्साइयो लाठी र पानीको फोहरा, केही घाइते (तस्बिरहरू)

प्रतिक्रिया