राजनीति


विप्लवका तीन नेता राजधानीबाट पक्राउ

विप्लवका तीन नेता राजधानीबाट पक्राउ

नेपालखबर
साउन २१, २०७६ मंगलबार ७:४७,

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका तीन जना नेता काठमाडौंबाट पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले विप्लव समूहका डम्बरबहादुर विक, उमा गुरुङ र मकर गुरुङलाई सोमबार पक्राउ गरेको हो।

विक केन्द्रीय सदस्य हुन् भने मकर वैकल्पिक केन्द्रीय सदस्य र उमा महिला नेतृ हुन्। विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाएपछि सयौँ नेता तथा कार्यकर्ता पक्राउ परिसकेका छन्।

पक्राउ परेका तीन जनामाथि थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad