प्रतिगमनविरुद्ध प्रदर्शन गरिरहेका नागरिक अभियन्ताले अब तेस्रो जनआन्दोलनको सुरुवात भएको घोषणा गरेका छन्।
आज सोमबार कमलपोखरीमा भेला भई शान्तिपूर्णरुपमा प्रदर्शन गर्दै बालुवाटार पुगेका अभियन्ताहरुमाथि प्रहरीले लाठी र पानीको फोहरा बर्साएका थिए।
सो क्रममा केहि अभियन्ताहरु घाइते भएका थिए।
तेस्रो जनआन्दोलन को घोषणा ! @narayanwagle #Nepal #baluwatar pic.twitter.com/KlrysReue7
— Anurag Acharya (@Anurag_Acharya) January 25, 2021प्रहरीले बल प्रयोग गरेपछि पुनः एकत्रित भएका अभियन्ताहरुलाई सम्बोधन गर्दै लेखक तथा पत्रकार नारायण वाग्लेले शान्तिपूर्ण प्रदर्शनका क्रममा प्रशासनले जसरी दमन ग¥यो, त्यसले गर्दा अब तेस्रो जनआन्दोलन सुरु भएको बताए।
शान्तिपूर्णरुपमा प्रदर्शन गर्छौं भन्दाभन्दै प्रहरीले अचानक जसरी बल प्रयोग गरेर दमन गरेको उनले बताए।
‘अब तेस्रो जनआन्दोलन सुरु भयो,’ वाग्लेले भने।
आजको प्रदर्शन कमलपोखरी बचाऊ अभियानका अभियन्ता र अन्य सहभागीहरु भेला भई संयुक्तरुपमा बालुवाटारतर्फ मार्च गरेका थिए।
हठात् प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमको विरोध गर्दै नागरिक अगुवा, कवि, कलाकार, लेखक लगायतका अभियन्ताहरु अहिले सडकमा ओर्लेरै विरोध सुरु गरेका छन्।
यो पनि:
नागरिक अभियन्तामाथि बालुवाटारमा बर्साइयो लाठी र पानीको फोहरा, केही घाइते (तस्बिरहरू)
Shares

प्रतिक्रिया