देशका प्रमुख कूटनीतिज्ञ उनी आफ्नो सरकारसँग सम्पर्कमा थिएनन्। यतिबेला उनी दक्षिण कोरियामा भएको खबरहरु आएका छन्।
दक्षिण कोरियाको प्रमुख मानिएको मेइल बिजनेस डेली पत्रिकाका अनुसार हाल रिउ ह्युन परिवारसहित दक्षिण कोरियामा छन्।
पत्रिकाका अनुसार उनी आफ्नो साथै छोराछोरीको भविष्यका लागि दक्षिण कोरियाको शरणमा आएका हुन्।

उनी सन् २०१७ देखि कुवेतमा कार्यवाहक राजदूत थिए।
उत्तर कोरियाबाट प्रत्येक वर्ष १,००० जना जति भागेर दक्षिण पुग्छन्। तर वरिष्ठ अधिकारी भाग्ने घटना विरलै हुन्छ।
सन् २०१८ मा इटलीमा खटेका एक उत्तर कोरियाली कूटनीतिज्ञ पनि बेपत्ता भएका थिए। उनी २०१९ मा भागेको कुरा गत वर्ष मात्र सार्वजनिक भएको थियो। बीबीसी

प्रतिक्रिया