गत जनवरी २० मा चिनियाँ जनमुक्ति सेना र भारतीय सेनाबीच सामान्य झडप भएको भारतीय सेनाले सोमबार जानकारी दिएको बीबीसीहिन्दीले जनाएको छ।
उक्त झडपलाई स्थानीय कमान्डरले सेनाको नियमअनुसार नै मिलाएको बताइएको छ। उत्तरी सिक्किमको नाकुल इलाकामा चिनियाँ सैनिकले सीमा पार गरेपछि झडप भएको थियो।
भारतीय सेनाले संचारमाध्यमहरुलाई तथ्य समाचार मात्र सम्प्रेषण गर्न पनि आग्रह गरेको छ। यसअघि यस झडपमा २० चिनियाँ सेना र चार भारतीय सेना घाइते भएको समाचारहरु आएका थिए।
यस झडप सामान्य मात्र भएको भारतीय सेनाको भनाइ छ।
यसबीचमा चिनियाँ संचारमाध्यम ग्लोबल टाइम्सले २० भारतीय सेना घाइते भएको खबर झुठो भएको बताएको छ।
यो पनिः सिक्किम क्षेत्रमा भारत र चीनका सैनिकबीच झडपः २० चिनियाँ र ४ भारतीय सैनिक घाइते

प्रतिक्रिया