आइतबार रातिको खेलमा म्यान यूले लिभरपुलमाथि ३–२ को जित निकालेको हो।
सनसनीपूर्ण खेलमा म्यान यूका लागि ग्रिनवुड, मार्कुस रासफोर्ड र फर्नान्डेसले समान एक–एक गोल गर्दा लिभरपुलका लागि दुवै गोल मोहम्मद सलाहले गरेका थिए।
यस सिजन म्यानचेस्टर युनाइटेड निकै लयमा छन्। प्रिमियर लिगमा म्यान यू १९ खेलबाट ४० अंकसहित शीर्ष स्थानमा छ भने चौथो स्थानमा रहेको बलियो लिभरपुलको १९ खेलमा ३४ अंक छ।
एफए कप अन्तर्गत आइतबार राति नै भएको अन्य खेलमा चेल्सीले लुटोन टाउनलाई ३–१, लेस्टर सिटीले ब्रेन्टफोर्डलाई ३–१, बर्नलीले फुलह्यामलाई ३–० र एभर्टनले सेफिल्डलाई ३–० ले पराजित गरेको थियो।
प्रतिक्रिया