राजनीति


कानुन व्यवसायीलाई होच्याउने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेपाल बारका चार पूर्वअध्यक्षले गरे यस्तो आह्वान (पूर्ण पाठ)

कानुन व्यवसायीलाई होच्याउने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेपाल बारका चार पूर्वअध्यक्षले गरे यस्तो आह्वान (पूर्ण पाठ)

नेपालखबर
माघ ११, २०७७ आइतबार ८:४७,

नेपाल बार एसोसियसनका पूर्वअध्यक्षहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले बारका पूर्वअध्यक्ष तथा जेष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी र समग्र कानुन व्यवसायीलाई होच्याउने गरी दिएको अभिव्यक्तिप्रति खेद व्यक्त गरेको छ।

बारका पूर्वअध्यक्ष समेत रहेका चार वरिष्ठ अधिवक्ताहरु हरिहर दाहाल, शम्भु थापा, प्रेमबहादुर खड्का र शेरबहादुर केसीले एक संयुक्त वक्तव्य जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिलाई समस्त कानुनव्यवसाय माथि सत्तापक्षबाट गरिएको निर्लज्ज प्रहार बताएका हुन्।

उनीहरुलाई सो अभिव्यक्तिप्रति सार्वजनिक क्षमायाचना गर्न माग गरेका छन्।

त्यसैगरी सो अभिव्यक्तिविरुद्ध उभिन बार एसोसियसन र देशभरका कानुन व्यवसायीलाई अनुरोध गरेका छन्।

‘यस सम्बन्धमा प्रधानमन्त्रीलाई सार्वजनिक क्षमायाचना गर्न र अदालतको अपहेलनाजन्य कार्य गरे वापत उहाँलाई जवाफदेही बनाउन यसै विज्ञप्तीद्वारा सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छौं,’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘साथै संविधान सभाद्वारा जारी भएको संविधानको रक्षा गरेर मुलुकलाई संवैधानिक मार्गमा पुनः अवतरण गराउने कार्यमा लागि पर्न समेत आम जनसमुदायमा हार्दिक अपिल गर्दछौं।’

पूर्ण पाठः

Bar-on-PMcomment-1_1.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad