ad ad

राजनीति


संसद् पुनर्स्थापना कांग्रेसको पहिलो प्राथमिकता : महामन्त्री कोइराला

संसद् पुनर्स्थापना कांग्रेसको पहिलो प्राथमिकता : महामन्त्री कोइराला

नेपालखबर
माघ १०, २०७७ शनिबार ६:५,

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कांग्रेसको पहिलो प्राथमिकता संसद् पुनर्स्थापना रहेको बताएका छन्।

शनिबार बिहान कञ्चनपुरको महेन्द्रनगरमा आयोजित पत्रकार सम्मलेनमा महामन्त्री कोइरालाले कांग्रेस संसद पुनर्स्थापना हुनुपर्छ भन्ने पक्षमा रहेको बताए।

‘कांग्रेसको पहिलो प्राथमिकता संसद् पुनर्स्थापना हुनुपर्छ भन्नेहो, अहिले हामी त्यसैका लागि संघर्ष गरिरहेका छौँ’, उनले भने।

 महामन्त्री कोइरालाले संसद पुनर्स्थापना नभए पनि तोकिएको समयमा निर्वाचन हुने सम्भावना नरहेको जिकिर गरे। उनले नेकपा औपचारिक रुपमा फुटी नसकेको र निर्वाचन आयोगले दिने चुनाव चिन्हलगायतका कारणले निर्वाचन हुने नहुने स्पष्ट नरहेको बताए।

उनले अहिलेको राजनीतिक परिस्थितिका कारण तोकिएको समयमा महाधिवेशन हुन नसकेको बताए। उनले त्यसका लागि अहिले क्रियाशील सदस्यताको नामावली संकलन गर्न कार्य भइरहेको जानकारी दिए।

‘जिल्ला–जिल्लाबाट आउनुपर्ने क्रियाशीलको नामावली अझै आउन सकेको छैन’, उनले भने, ‘समयमा निर्वाचन गराउन नसक्नु पार्टीको कमजोरी पनि हो।’

मातृशोकमा रहेका नेपाली कांग्रेसका नेता दीलेन्द्रप्रसाद बडूलाई भेट्न महामन्त्री डा कोइरालासहितका केन्द्रीय नेताहरुको टोली शुक्रबार साँझ कञ्चनपुर आइपुगेको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .