राजनीति


ओलीविरुद्ध एकजुट हुने विषयमा प्रचण्ड र बाबुराम भट्टराईबीच उपराष्ट्रपतिको निवासमा छलफल

ओलीविरुद्ध एकजुट हुने विषयमा प्रचण्ड र बाबुराम भट्टराईबीच उपराष्ट्रपतिको निवासमा छलफल

नेपालखबर
माघ १०, २०७७ शनिबार ०:२५,

प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलन गरिरहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईबीच मिलेर अघि बढ्नेबारे छलफल भएको छ।

स्रोतका अनुसार शुक्रबार नेकपाले काठमाडौंको भृकुटी मण्डपमा आयोजना गरेको विरोध सभालगत्तै प्रचण्ड र डा. भट्टराईबीच लैनचौरस्थित उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा भेटवार्ता भएको हो। उनीहरूबीच संयुक्त संघर्ष गर्ने विषयमा आधा घण्टाभन्दा बढी समय छलफल भएको स्रोतले जानकारी दिएको छ।

डा. भट्टराईले पनि ट्विट गर्दै भेटवार्ता भएको पुष्टि गरेका छन्।

babutwitter

प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि अहिले नेकपाकाे प्रचण्ड-नेपाल समूह, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी तथा नागरिक समाजलगायत विभिन्न संघ/संगठन एक्लाएक्लै आन्दोलन गरिरहेका छन्।

याे पनि :  कांग्रेस, नेकपा र जसपाले संयुक्त आन्दोलन गर्नुपर्ने बाबुराम भट्टराईको आह्वान, भन्छन्- नत्र खाल्डोमा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad