छापा खबर


निर्वाचन आयोगको कार्यक्रममै लाग्यो ‘केपी ओली मुर्दावाद’को नारा

निर्वाचन आयोगको कार्यक्रममै लाग्यो ‘केपी ओली मुर्दावाद’को नारा

नेपालखबर
माघ १०, २०७७ शनिबार ०:७,

निर्वाचन आयोग मोरङले निर्वाचन कार्यक्रमबारे दलहरुलाई जानकारी गराउन आयोजना गरेकै कार्यक्रममा ‘केपी ओली मुर्दावाद’ भन्ने नारा लागेको छ।

कार्यक्रममा सहभागी हुन पुगेको नेकपा (प्रचण्ड–माधव)समूहले नै कार्यक्रम भइरहेको समयमा नाराबाजी गरेको हो।

जिल्ला प्रशासन कार्यालय मोरङमा जिल्ला निर्वाचन आयोगको कार्यालयद्वारा आयोजित मतदाता नामावली अद्यावधिक कार्यक्रममा सो समूहको तर्फबाट नेता पारुल क्षेत्रीले विरोधस्वरुप ‘प्रतिगम मुर्दावाद, केपी ओली मुर्दावाद’ को नारा लगाएका खबर आजको हिमालय टाइम्सले छापेको छ।

कार्यक्रममा नाराबाजी निरन्तर गरेपछि कार्यक्रममा उपस्थित मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले क्षेत्रीलाई रोक्नु परेको थियो । ‘तपाईको कुरा हामीले सुन्यौं, हामी संविधान बमोजिम अगाडि बढ्छौं, तपाई बस्नुहोस्,’ निरौलाले क्षेत्रीलाई आग्रह गर्दै भने। त्यसलगत्तै क्षेत्री कार्यक्रम बहिष्कार गरेर हिंडेका थिए।

कार्यक्रम बाहिरिएपछि संचारकर्मीलाई प्रतिक्रिया दिँदै क्षेत्रीले अदालतमा मुद्दा चलिरहेको र सम्पूर्ण राजनितिक दलहरु संसद पुर्नस्थापनाको पक्षमा भएको अवस्थामा निर्वाचनको तयारी थाल्नु अनुचित रहेको बताए।

राजनीतिक दलसँगको कुनै समन्वय र छलफल बिना निर्वाचनको तयारी थाल्नु संविधान विरोधी हर्कत भएको उनको भनाई छ। ‘५ वर्ष नपुगी निर्वाचन हुँदैन, तर तपाईहरु मजाक जस्तो बसाँईसराई गराईरहनुभएको छ, निर्वाचनको तयारी गरिरहनुभएको छ, मतदान केन्द्र निर्धारण गरिरहनुभएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad