भारतीय कांग्रेसको नयाँ अध्यक्ष आगामी जुन महिनासम्म चुनिने भएको छ।
शुक्रबार कांग्रेसको वर्किङ कमिटी (सीडब्लूसी) को बैठकले उक्त निर्णय गरेको हो।
भारतीय कांग्रेसका महासचिव वेणुगोपालले पार्टीको अध्यक्ष आगामी जुनसम्ममा चुन्ने निर्णय भएको जानकारी दिएका हुन्।
भारतीय सञ्चारमाध्यमका अनुसार आजको बैठक कांग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धीको अध्यक्षतामा बसेको थियो।
कांग्रेसको नेतृत्व दोस्रोपटक पनि राहुल गान्धीले नै सम्हाल्ने सम्भावना देखिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
भारतीय कांग्रेसको चाहना पहिले ५ राज्यमा विधान सभा चुनाव होस् भन्ने छ। त्यसपछि पार्टीको नेतृत्व चुन्ने उसको योजना छ। ५ राज्यमा अप्रिल–मेमा चुनाव हुँदै छ।
3
Shares

प्रतिक्रिया