प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्चमा आजको बहस सकिएको छ। शुक्रबार १० अधिवक्ताले रिट निवेदनको पक्षमा बहस गरे।
उक्त रिटमाथिको मुद्दालाई हेर्दाहेर्दैमा राखिएको छ र बहस आइतबार पनि जारी रहनेछ।
शुक्रबार नारायण प्रसाद तिमिल्सिना, गुणराज घिमिरे, उमेशप्रसाद साह, डा. राजुप्रसाद चापागाई, शैलेन्द्रकुमार दाहालले बहस गर्दै संसद् पुनःस्थापनाको माग गरेका हुन्।
यस्तै शालिकराम सापकोटा, सुलोचना धिताल, कपिलप्रसाद अधिकारी, नरहरि आचार्य र जनक साउदले बहस गरेका छन्।
रिट निवेदकका तर्फबाट तीन सयभन्दा बढी कानुन व्यवसायीले बहसका लागि वकालतनामा बुझाएका छन्।

प्रतिक्रिया