प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका अध्यक्ष माधवकुमार नेपालले आधिकारिक नेकपाको नेतृत्व आफूहरुले गरिरहेको दावी गरेका छन्।
शुक्रबार काठमाडौँमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग अरिंगालाको गोलो र साइबर सेनामात्रै रहेको बताए।
‘देश–विदेश सबैतिरबाट हामीलाई समर्थन प्राप्त भएको छ, अधिकारिक नेकपाको अगुवाई हामीहरु गरिरहेका छौँ’, अध्यक्ष नेपालले भने, ‘केपी ओलीसँग सानो अरिंगालाको झुण्डमात्रै छ, अरिंगालको गोलोमात्रै छ, साइबर सेनामात्रै छ।’
उनले साइबर सेनाले नेकपाकाे विशाल फाैजको सामना गर्न नसक्ने बताए। उनले सूर्यको तापले अरिंगालको झुण्डलाई सखाप पार्ने चेतावनी समेत दिए।

प्रतिक्रिया