प्रतिनिधि सभा विघटनसम्बन्धी सूचना प्रकाशन गरिएको राजपत्र संवैधानिक इजलासमा पेस गरिएको छ।
शुक्रबार प्रतिनिधि सभा विघटनविरुद्धका रिटमाथि संवैधानिक इजलासमा जारी शुक्रबारको सुनुवाइमा महान्यायाधीवक्ता अग्नि खरेलले राजपत्रमा प्रकाशित सूचना पेस गरेका हुन्।
बिहीबारको सुनुवाईमा अधिवक्ता अधिवक्ता ओमप्रकाश अर्यालले प्रतिनिधिसभा विघटनको सूचना छापिएको राजपत्र प्रकाशन नभएको भन्दै राष्ट्रपतिले फिर्ता लिन सक्ने बताएका थिए।
त्यसपछि इजलासले महान्यायाधिवक्ता अग्नि खरेललाई उक्त सूचना राजपत्रमा प्रकाशित भए नभएको बारे जानकारी उपलब्ध गराउन आदेश दिएको थियो।
आदेशपछि शुक्रबार महान्यायाधिवक्ता खरेलले उक्त सूचना प्रकाशित राजपत्र संवैधानिक इजलासमा पेस गरेका हुन्।
उक्त सूचना माघ ८ गते बेलुकासम्म राजपत्रमा प्रकाशित नभएको सञ्चारमाध्यले जनाएका छन्। त्यस्तै इजलासमा बहस गर्ने अधिवक्ताहरुले पनि उक्त सूचना प्रकाशित नभएको पाइएको बताएका थिए।
राजपत्र प्रकाशित गर्ने वेभसाइटमा पनि बिहीबार बेलुकासम्म उक्त राजपत्र प्रकाशित थिएन।



प्रतिक्रिया