खेल


प्रधानमन्त्री कप क्रिकेटः कर्णालीद्वारा प्रदेश १ लाई २१६ रनको लक्ष्य

प्रधानमन्त्री कप क्रिकेटः कर्णालीद्वारा प्रदेश १ लाई २१६ रनको लक्ष्य

नेपालखबर
माघ ९, २०७७ शुक्रबार ७:१२,

प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा प्रदेश १ ले कर्णाली प्रदेशलाई २ सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय १५ रनको योगफल तयार पारेको छ।

प्रदेश १ का कप्तान सिद्धान्त लोहनीले सर्वाधिक ६६ रनको योगदान दिए। ९७ बलको सामना गरेका लोहनीले ९ चौका प्रहार गरे। मनिस थापाले २५, फिर्दोस अन्सारी र श्रवण यादवले समान १७ रन जोडे।

कर्णाली प्रदेशका रविन्द्र शाहीले ३ विकेट लिए। दिनेश अधिकारी र अर्जुन चुनाराले २–२ विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad