ad ad

राजनीति


आन्दोलनरत् नेकपाको शुक्रबार काठमाडौंमा विरोध सभा, उपत्यकाका यी ९ ठाउँबाट निकालिने छ जुुलुस

आन्दोलनरत् नेकपाको शुक्रबार काठमाडौंमा विरोध सभा, उपत्यकाका यी ९ ठाउँबाट निकालिने छ जुुलुस

नेपालखबर
माघ ८, २०७७ बिहिबार ९:१६,

आन्दोलनरत् नेकपाले भोलि शुक्रबार काठमाडौंमा आयोजना गर्ने विरोध सभाबारे सो पार्टीद्वारा गठित संघर्ष समितिले जानकारी गराएको छ।

संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठ र सहसंयोजक योगेश भट्टराईले बिहीबार पत्रकार सम्मेलन गरी भोली हुने विरोध प्रदर्शनका क्रममा उपत्यकाका बिभिन्न ठाउँबाट जुलुसहरु सुरु हुने जानकारी दिएका छन्।

साे पार्टीले शुक्रबार अपरान्ह १२ बजेबाट ति जुलुस र विराेध सभाका कार्यक्रम सुरु हुने जनाएकाे छ।

भट्टराईका अनुसार ती जुलुसहरु स्थायी समिति सदस्य तथा केन्द्रीय नेताहरुको नेतृत्वमा माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिवाटिका र बाल्मिकी क्याम्पसबाट सुरु हुनेछन्।

ती ठाउँहरुबाट सुरु हुने जुलुस रत्नपार्कमा जम्मा भई मुख्य जुलुसमा परिणत हुने उनले बताए।

त्यो एकीकृत जुलुस फेरि भद्रकाली, शहिदगेट, सुन्धारा हुँदै भृकुटी मण्डपमा सभामा परिणत हुनेछ।

सो जुलुसको नेतृत्व पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका केन्द्रीय नेताहरुले गर्ने उनले बताए।
त्यसपछि सो सभालाई अध्यक्षद्वय प्रचण्ड र नेपाल लगायतका नेताहरुले सम्बोधन गर्नेछन्।

भट्टराईका अनुसार जुलुस र विरोध कार्यक्रमका लागि २ हजार स्वयंसेवक परिचालित गरिनेछ।

‘यो आन्दोलन नेकपाको मात्र नभई संघीय गणतन्त्रको पक्षमा रहेका सबैको भएको हुँदा सबै जनसमुदायको सहभागिताका लागि आह्वान गर्दछौं,’ बिहीबार आयोजित पत्रकार सम्मेलनमा पार्टीको केन्द्रीय संघर्ष समितिका तर्फबाट संयोजक नारायणकाजी श्रेष्ठद्वारा जारी आह्वानमा भनिएको छ।

आन्दोलनका थप कार्यक्रम पनि भोलिकै विरोध सभामा घोषणा गरिने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .