ad ad

राजनीति


क्यानडाका प्रधानमन्त्री ट्रुडोलाई पहिलो फोन गर्दै बाइडेन, पुटिनसँग वार्ता गर्ने योजना छैन

क्यानडाका प्रधानमन्त्री ट्रुडोलाई पहिलो फोन गर्दै बाइडेन, पुटिनसँग वार्ता गर्ने योजना छैन

नेपालखबर
माघ ८, २०७७ बिहिबार ६:४०,

बाइडेनकी प्रेस सचिव जेन साकीले ह्वाइट हाउसको पहिलो प्रेस ब्रिफिङमा बाइडेनले यसहप्ता विश्वका धेरै नेतासँग टेलिफोन वार्ता गर्ने बताइन्।

उनका अनुसार छिमेकी राष्ट्र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोसँग बाइडेनले पहिलो टेलिफोन वार्ता गर्नेछन्।

यद्यपी उनले तत्काललाई रुसका राष्ट्रपति भ्लादमिर पुटिनसँग बाइडेनले छलफल गर्ने विषयमा कुनै योजना नभएको जानकारी दिइएको छ।

साकीका अनुसार अमेरिकाले पहिले आफ्ना साझेदार राष्ट्रका प्रमुखसँग छलफल गर्नेछन्।

क्यानडासँग अमेरिकाको महत्वपूर्ण सम्बन्ध रहेको बताउँदै साकीले क्यानडासँग किस्टोन एक्सएल पाइपलाइनजस्ता महत्वपूर्ण विषयमा छलफल हुने बताइन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .