राजनीति


गोष्ठी र अनुशिक्षणमै मधेसी आयोगको साढे तीन करोड खर्च

गोष्ठी र अनुशिक्षणमै मधेसी आयोगको साढे तीन करोड खर्च

नेपालखबर
साउन २०, २०७६ सोमबार १२:३३,

मधेसी आयोगले गोष्ठी र अनुशिक्षण कार्यक्रम सञ्चालनमा मात्रै साढे ३ करोड बढी खर्च गरेको छ।

आयोगले सोमबार ललितपुरस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी आर्थिक वर्ष २०७५/०७६ मा गरिएको कार्यक्रमबारे जानकारी दिँदै अनुशिक्षण र गोष्ठीका लागि ३ करोड ५६ लाख ८१ हजार १ सय ६८ रुपैयाँ खर्च भएको जनाएको हो।

यो रकम आयोगले प्रदेश २ का ८ वटा जिल्ला, प्रदेश १, प्रदेश ५ र ७ मा गोष्ठी तथा अनुशिक्षण कार्यक्रमका लागि खर्च गरेको हो। त्यसैगरी जनचेतना मुलुक रेडियो जिंगल निर्माणमा र प्रशारणमा साढे ४ लाख बढी खर्च गरेको छ। ५ करोड ९० लाख रुपैया विनियोजन भएको आयोगले १ करोड ५२ लाख १८ हजार ८ सय ३१ रुपैया खर्च गर्न नसकेर फ्रिज भएको छ।

२०७५ कात्तिक २५ गते कार्यालय स्थापना भएको आयोगको अध्यक्षको रुपमा डाक्टर बिजय कुमार दत्तले २०७५ चैत ७ गते पदभार सम्हालेका थिए। आयोगका ४ सदस्यको पद रिक्त छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad