ad ad

राजनीति


कांग्रेसले बिहीबार ६ हजार ७४३ वडामा प्रदर्शन गर्ने, देउवाले गरे यस्तो अपिल

कांग्रेसले बिहीबार ६ हजार ७४३ वडामा प्रदर्शन गर्ने, देउवाले गरे यस्तो अपिल

नेपालखबर
माघ ७, २०७७ बुधबार १०:१४,

प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेसले बिहीबार (भोलि) देशभरका ६ हजार ७४३ वडामा प्रदर्शन गर्ने भएको छ।

बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले विरोध प्रदर्शनमा सहभागी हुन अपिल गरेका छन्।

वडाको प्रदर्शनलाई पनि सक्रिय सहभागिता जनाएर सफल बनाउन सभापति देउवाले अपिल गरेका छन्।

प्रतिनिधि सभा विघटन संविधान र जनमत विरुद्ध भएकोमा कांग्रेस एकमत रहेको विज्ञप्तिमा उल्लेख छ।

‘संविधानमा भएको व्यवस्था प्रतिकूल, जनभावना विपरीतको कार्यविरुद्ध नेपाली कांग्रेस एक मत छ’, विज्ञप्तिमा भनिएको छ, ‘पार्टीका सवै तहका साथीहरुसँगै समस्त लोकतन्त्रवादीमा भोलिको विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपिल गर्दछु।’

प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भन्दै कांग्रेसलले यसअघि पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेश सभा निर्वाचन क्षेत्र र माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ।

Image

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .