ad ad

राजनीति


सर्वोच्चमा छोटिन थाल्यो बहस, आज आठ अधिवक्ताले गरे संसद् पुनर्स्थापनाको पक्षमा वकालत

सर्वोच्चमा छोटिन थाल्यो बहस, आज आठ अधिवक्ताले गरे संसद् पुनर्स्थापनाको पक्षमा वकालत

नेपालखबर
माघ ७, २०७७ बुधबार १०:३,

प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथिको बहस छोटिन थालेको छ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा भइरहेको बहसमा न्यायाधीशहरुले कुरा नदोहोर्याई बोल्न भनेपछि बहस छोटिन थालेको हो।

आजको बहसमा आठ अधिवक्ताले रिट निवेदनको पक्षमा वकालत गरेका थिए।

अधिवक्ताहरु चन्द्रकान्त ज्ञवाली, कृष्णप्रसाद भण्डारी, अनिता मानन्धर, नवराज पाण्डे, सुजन नेपाल, सुरेन्द्र विक्रम केसी, देवबहादुर महत र रिट निवेदक कञ्चनकृष्ण न्यौपानेले बहस गरेका हुन्।

आज बोल्ने सबैले प्रतिनिधि सभा विघटनविरुद्ध संसद पुनर्स्थापनाको पक्षमा बहस गरेका हुन्।

गत आइतबारदेखि संवैधानिक इजलासमा बहस भइरहेको छ। गत पुस ५ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्दै निर्वाचनको नयाँ मिति घोषणा गरेकी थिइन्।

त्यसविरुद्ध सर्वोच्च अदालतमा दर्जन बढी रिट परेको थियो। त्यही रिटमाथि प्रत्येक दिन बहस भइरहेको हो।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .