ad ad

राजनीति


प्रदेश १ को हिउँदे अधिवेशनको पहिलो बैठक केहीबेर बसेर स्थगित

प्रदेश १ को हिउँदे अधिवेशनको पहिलो बैठक केहीबेर बसेर स्थगित

नेपालखबर
माघ ७, २०७७ बुधबार ९:१,

प्रदेश १ को हिउँदे अधिवेशनको पहिलो बैठक केहीबेरमात्रै बसेर स्थगित भएको छ।

बुधबार दिउँसो बसेको बैठकको सुरुवातमै प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले अधिवेशन आह्वानसम्बन्धी प्रदेश प्रखुम सोमनाथ प्यासीको पत्र पढेर सुनाएका थिए।

पत्र पढेर सुनाएलगत्तै सभामुख भण्डारीले बैठक स्थगित भएको जानकारी दिए।

नेकपा विभाजनपछि पछि नेकपाकै प्रचण्ड–नेपाल समूहले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो। त्यस्तै ओली पक्षले प्रचण्ड नेपाल समूहका सांसदहरुलाई कारबाही गरेका कारण प्रदेश सभामा असहज वातावरण उत्पन्न हुने आँकलन गरिएको थियो।

बुधबारको बैठकमा नेकपाका दुवै पक्षले एकअर्कालाई निषेध गर्ने रणनीति बनाएपछि कार्यव्यवस्था परामर्श समितिको बैठकले कुनै पनि दलका नेताहरुलाई बोल्न नदिने निर्णय यसअघि नै गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .