राजनीति


राष्ट्रपतिका रूपमा ट्रम्पको अन्तिम सम्बोधन : के-के भने ? (भिडिओसहित)

राष्ट्रपतिका रूपमा ट्रम्पको अन्तिम सम्बोधन : के-के भने ? (भिडिओसहित)

नेपालखबर
माघ ७, २०७७ बुधबार २:५०,

आजदेखि नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले अमेरिकाको सत्ता सम्हाल्ने भएपछि अहिलेसम्मका राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस (राष्ट्रपतिको कार्यालय) बाट अन्तिम सम्बोधन गरेका छन्।

हाल व्यक्तिगत सामाजिक सञ्जाल प्रयोग गर्नबाट वञ्चित ट्रम्पले छोटो भिडिओ सम्बोधनमा आफ्नो प्रशासनको बचाउ गर्दै थोरै मेलमिलापको आशय झल्कने धारणा राखेका छन्।

उनले बिदाइ सम्बोधनमा भनेका मुख्य कुरा :

आफ्नो प्रशासनबारे : हामी यहाँ जे गर्न भनेर आएका थियौं हामीले त्यो गर्‍यौं र अझ धेरै गर्यौं। सबभन्दा मुख्य कुरा हामीले अमेरिकामा सरकार जनताप्रति जवाफदेही हुन्छ भन्ने मान्यता पुनर्स्थापित गर्‍यौं।

घरेलु नीतिबारे : हाम्रा एजेन्डा दक्षिणपन्थी वा वामपन्थी थिएन। त्यो रिपब्लिकन वा डेमोक्र्याट पनि थिएन। बरु सम्पूर्ण राष्ट्रका निम्ति जे सही हुन्छ त्यही थियो।

विदेश नीतिबारे : हामीले हाम्रा सहयोगी गठबन्धन तथा राष्ट्रहरूलाई अभूतपूर्व ढंगले चीनको सामना गर्न सहयोग गर्‍यौं। हाम्रो बलियो कूटनीति एवं सिद्धान्तनिष्ठ यथार्थवादका कारण हामीले मध्यपूर्वमा ऐतिहासिक शान्ति सम्झताहरू गर्न सक्यौं, खासगरी कुनै नयाँ युद्ध नछेडेको पहिलो राष्ट्रपति बन्न पाएकामा म एकदमै गौरवान्वित छु।

क्यापिटल दंगाबारे : राजनीतिक हिंसा भनेको अमेरिकीका रूपमा हामीले गौरव गर्ने सबै चिजमाथिको आक्रमण हो। त्यसलाई कहिल्यै स्वीकार गर्न सकिन्नँ।

आफ्नो विरासतबारे : अहिले जब म बुधबार नयाँ प्रशासनलाई सत्ताको बागडोर सुम्पँदै छु, म चाहन्छु कि तपाइँहरूले बुझ्नुहोस्, हामीले थालेको आन्दोलन बल्ल सुरु हुँदै छ। 

हेर्नुहोस्, ट्रम्पले आफ्नो कार्यकालको अन्तिम सम्बोधनको यो भिडिओ :

याे पनि :  अमेरिकाका ४६औं राष्ट्रपति बाइडेनको शपथ आज, संसद् भवन सुरक्षामा २० हजार सैनिक तैनाथ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad