सर्वोच्च अदालतको संवैधानिक इजलासमा भइरहेको प्रतिनिधि सभा विघटनविरुद्धका रिटमाथिको आजको बहस सकिएको छ।
मंगलबारको बहसमा पाँच अधिवक्ताले बहस गरेका हुन्। अधिवक्ताहरु शिवकुमार यादव, शेरबहादुर ढुंगाना, हर्क रावल, रुद्र शर्मा र चन्द्रकान्त ज्ञवालीले रिट निवेदनको पक्षमा बहस गरे।
आज बोल्ने अधिवक्तालाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले रिटमा मात्रै केन्द्रित हुन भनेका थिए। एउटै अधिवक्ताले धेरै समय बोल्दा थोरै अधिवक्ताले पालो पाउने भएकाले ‘टु दी पोइन्ट’ बहस गर्न प्रधानन्यायाधीश राणाले आग्रह गरेका हुन्।
बहसमा सहभागी अधिवक्ताहरुसँग प्रधानन्यायाधीश राणाको सवालजवाफ समेत भएको थियो। उनले अधिवक्ता हर्क रावललाई यदि अदालतबाट संसद पुनर्स्थापना भएमा र फेरि प्रधानमन्त्रीले संसदमा गएर प्रक्रियाअनुसार विघटन गरेमा हामीले कस्तो हल गर्ने भनी सोधेका थिए।
तर अधिवक्ताहरुले भने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक रहेको बताउँदै संसद् पुनर्स्थापना हुनुपर्ने वकालत गरे।

प्रतिक्रिया