प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य योगेश भट्टराईले देखिएका महाराज फाले पनि नदेखिएका महाराजका कारण अहिले फेरि दुःख पाएको बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई नयाँ महाराजका रुपमा लिँदै नेता भट्टराई पनि उनलाई पनि मिल्काएरै छाड्ने बताएका हुन्।
नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित प्रेस संगठन नेपालको भेलालाई सम्बोधन गर्दै नेता भट्टराईले यस्तो बताएका हुन्।
‘हामीले दुष्मनी देख्दै आएका, हामी जोसँग लड्दै आएका थियौँ, ती शासकहरुलाइृ त सदाका निमित्त समाप्त गर्यौँ’, नेता भट्टराईले भने, ‘तर, पार्टीभित्रका देखा परेका अर्का महाराजालाई भने हामीले देख्न सकेनौँ। जसले गर्दा आज फेरि हामीले दुःख पायौँ।’
उनले मनव जीवन गल्तीलाई सुधार गरेर अगाडि बढ्ने बताए। उनले अबको क्रान्तिले महाराज प्रवृत्तिको पनि अन्त्य गर्ने दावी गरे।
‘यो क्रान्ति, आन्दोलन, संघर्ष र जागरणले हाम्रो छेउमा बसेका महाराजहरुलाई पनी बाँकी राख्दैन, अब यो प्रवृत्तिको अन्त्य हुन्छ’, उनले भने।
नेता भट्टराईले गुटको नेताले गुटको रक्षा र बढीमा अगामी निर्वाचनको कुरा गर्ने भए पनि राष्ट्रको नेताले पार्टी नभई मुलुकको र दसौँ पुस्ताको चिन्ता गर्ने बताए।
‘गुटको नेताले त्यो गुटको रक्षाका कुरा गर्छ बढीमा आउँदो चुनावको कुरा गर्छ’, उनले भने, ‘मुलुकको राष्ट्रको नेता राजनेताले आफ्नो पार्टीको पनि चिन्ता गर्दैन्, मुलुकको चिन्ता गर्छ र दसौँ पुस्तासम्मको चिन्ता गर्छ।’

प्रतिक्रिया